युगान्डामा रक्त दान कार्यक्रम सम्पन्नः

Published On: Sunday, February 11, 2018 | Source: NRNA UGANDA
कम्पाला, युगान्डा ।
११ फेब्रवरी २०१८ ।
 
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युगान्डाले आज युगान्डाको कम्पालामा  रक्तदान  कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ । बिश्वब्यापी रक्तदान कार्यक्रम अभियान चलाउदै हिडिरहनु भएका अमेरिकाका  गैरआवासीय नेपाली अर्जुन प्रसाद मैनाली बिशेष अतिथिका रुपमा सहभागी हुनु भएको र यस कार्यक्रममा सहित गरेर उहाले १६१ औ पटक रक्तदान गर्नु भएको छ । कार्यक्रममा बोल्दै मैनालीले नेपालिहरुले अफ्रिकी मुलुकमा आएर आफ्नो पाखुरामा सुइ घुसारी प्लास्टिकको थैला भरी रगत दिनु चानचुने कुरा नभएको बिचार ब्यक्त गर्दै जिबनमा कमसेकम एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गर्नु भएको थियो । 
                                                   
कार्यक्रमका प्रमुख अतिथी ब्लड बैंक युगान्डाका प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरुको यस मानविय कार्यकोलागि आभार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युगान्डाका  अध्यक्ष राजमणी भन्डारी, पुर्व अध्यक्ष रमेश कंडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गंगालाल खरेल, कोषाध्यक्ष  मन्जुल पाठक, प्रबक्ता कमल भट्ट लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 
एक सय एक  जनाले रक्तदान गर्नु भएको उक्त कार्यक्रममा नेपाली, भारतिय, पाकिस्तानी, अरबेयिन र स्थानिय युगान्डाका नागरिकहरुले समेत रक्तदान गरेका थिए ।
 
राष्ट्रिय समन्वय परिषद् युगान्डा ।